Rule 24
सम्बन्धित स्थानमा गई मालवस्तु जाँच गर्ने सम्बन्धी व्यवस्था
(१) ऐनको दफा ३१ बमोजिम कुनै निकासीकर्ताले निकासी गर्ने मालवस्तु त्यस्तो मालवस्तुको उत्पादनस्थल वा गोदाममा गई जाँच गरिदिन वा कुनै पैठारीकर्ताले पैठारी गरी ल्याएको मालवस्तु भन्सार क्षेत्रभन्दा बाहिर गई जाँच गरिदिन प्रज्ञापनपत्र भरी नियम २१ मा उल्लिखित कागजात संलग्न गरी भन्सार अधिकृतसमक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दिइएको निवेदन अनुसार निकासी गर्ने मालवस्तु त्यस्तो मालवस्तुको उत्पादनस्थल वा गोदाममा गई जाँच गर्दा वा पैठारी गरी ल्याएको मालवस्तु भन्सार क्षेत्रभन्दा बाहिर गई जाँच गर्दा प्रति कन्साइन्मेन्ट एकहजार रूपैयाँ शुल्क लाग्नेछ ।
(३) उपनियम (२) बमोजिम निकासी हुने मालवस्तु जाँच गरेपछि जाच गर्ने कर्मचारीले त्यस्तो मालवस्तु आफ्नै रोहबरमा ढुवानीको साधनमा राख्न लगाई बन्द गरी सील लगाउनु पर्नेछ र मालवस्तु निकासी हु“दाका बखत भन्सार कार्यालयले उक्त सील दुरुस्त छ छैन यकिन गरेर मात्र निकासी गर्न दिनु पर्नेछ ।
(४) उपनियम (१) बमोजिम भन्सार क्षेत्रभन्दा बाहिर गई जाँच गर्न खटिएको कर्मचारीले सो प्रयोजनका निमित्त यातायातको साधन प्रयोग गर्नु पर्ने भएमा सम्बन्धित निकासीकर्ता वा पैठारीकर्ताले त्यस्तो साधनको व्यवस्था गर्नु पर्नेछ ।